श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ ३१ गते बुधबार, १६ सेप्टेम्बर २०२६, रौद्रनाम संवत्सर। भाद्र शुक्लपक्षको पञ्चमी तिथि ०८ः५७ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र विशाखा १८ः३१ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः४९ बजे र सूर्यास्त ०६ः०५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिवारजनको साथले उत्साह जगाउनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। व्यापार बढ्नाले आम्दानी पनि राम्रै हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अतिथिका रूपमा सम्मान पाइने समय छ। मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महŒवाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ। प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। दोहो¥याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।अरूको फाइदाका लागि उपयोग भइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नैले धोका दिन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हतारमा काम गर्ने बानीले समस्या निम्त्याउला। ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन्।