तमु ट्हो ह्युल हङकङले नवौं रोधी साँझ भव्य रुपमा आयोजना गर्ने भएको छ । हिमाली सांस्कृतिक परिवारको प्रस्तुति रहने रोधी साँझ सन् २०२४ को फेब्रअरी १२ मा युनलङ थिएटरमा हुने भएको छ । 

आयोजकले आज इन्डिया क्लबमा पत्रकार सम्मेलन गरेर रोधी साँझ बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रमुख अतिथि तमु ट्हो ह्युल हङकङका संस्थापक अध्यक्ष क्याप्टेन सिपी गुरुङ, कार्यक्रममा अध्यक्ष विजयकुमार गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ तथा ट्हो ह्युलका पूर्वअध्यक्षहरुले रोधी साँझको पोष्टर सार्वजनिक गरेका थिए ।

रोधी साँझमा नेपालको हिमाली समूह कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा भव्य बनाउन अहिलेबाटै तयारीमा जुटेको आयोजकले जानकारी दिएको छ । 

received_304439165486820