श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कात्तिक २२ गते बुधबार, ८ नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । कार्तिक कृष्णपक्षको दशमी तिथि ०८ः३६ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वफाल्गुनी १९ः२९ बजेसम्म उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः१८ बजे र सूर्यास्त ०५ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सन्तान वा अनुयायीले साथ दिनेछन् । परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हडबड गर्नाले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झाउन सकिनेछ । परिस्थितिवश चिताएको काम रोकिन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नु होला । सानो प्रयत्नले ठूलो काम बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।