धरान । ४५ वर्षअघि रेकर्ड भएको ‘कहाँमा काट्यो बेतको लौरी’ गीत नयाँ भर्सनमा सार्वजनिक भएको छ ।

गायक गङ्गा वरदानको उक्त गीतको स्टुडियो भिडियोसमेत सार्वजनिक भएको हो । बब मार्लीको उपनामले चिनिने गायक वरदानले उक्त गीत वि.सं. २०३५ सालतिर रेडियो नेपालमा रेकर्ड गराएका थिए । स्वर परीक्षा उत्तीर्ण नगरी नै उक्त गीत रेडियो नेपालमा रेकर्ड भएको थियो । तत्कालीन समयमा स्वर परीक्षा उत्तीर्ण नगर्नेको गीत रेडियो नेपालले रेकर्ड गर्दैनथ्यो । गायक वरदानले २०५५ सालमा नमस्ते स्टुडियोका सञ्चालक तथा नमस्ते ब्यान्डका गायक ईश्वर गुरुङको सहयोगमा ‘गङ्गा वरदान भाग १’ एल्बम्मा पनि उक्त गीत रेडर्क गरेका थिए । 

हाल भने रेगी भर्सनमा गीत तयार गरिएको छ । जुपिहाङ लिम्बूको सङ्गीत संयोजनमा तयार भएको गीत धरानको न्यू भावना स्टुडियोमा रेकर्ड गरिएको हो । गायक वरदानका केही पुराना गीतहरूलाई पुनः नयाँ साजसज्जामा ल्याउन लागिएको सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए । उनका अनुसार गायक वरदानका केही लोकप्रिय गीतहरूसमेत रेकर्डिङ भइसकेको छ । सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानलमा भिडियो सार्वजनिक गरिएको छ ।