श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कात्तिक ४ गते शनिबार, २१ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर, आश्विन शुक्लपक्षको सप्तमी तिथि २२ः१२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वाषाढा २०ः१० बजेसम्म उत्तरषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः०६ बजे र सूर्यास्त ०५ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको सहयोगमा जुट्नुपरे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका कामसमेत सम्पादन हुनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला।परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।     

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गोपनीयता बाहिरिनाले काम दोहो¥याउनु पर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। केही खर्च लागे पनि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। दिन सामान्य रहनेछ ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साथीभाइका लागि केही खर्च हुन सक्छ। अभिभावकको गुनासो सुन्नु पर्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसिक काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ।