काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग नेपालका लागि स्वीडेनका गैरअवासीय राजदूत जन थिस्लिफले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

  प्रधानमन्त्री निवास बालुवाटारमा भएका सो भेटमा उहाँहरुबीच आपसी हित र दुई देशबीचको सम्बन्धका बारेमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।