धरानमा हर्कराज राई (साम्पाङ) नगर प्रमुख निर्वाचित भएर आएपछि सुविधामा पाएको गाडी नचढ्ने निधो गरे । उनको यो निर्णयले देशैभरि वाहवाही लुट्यो । उनको यो निर्णयभन्दा पनि गज्जबको कुरा चाहिं उनले किन गाडी नचढ्ने ? भन्ने कारण थियो । त्यो कारण हो– ‘गाडी चढ्यो भने सडकका खाल्डाखुल्डी देखिंदैनन् ।’ 

नगर प्रमुख साम्पाङले धरानका सडकका खाल्डाखुल्डीरहित बनाउने, सुविधायुक्त सडक निर्माण गर्ने उद्देश्य लिएका थिए । त्यसैअनुरुप धरान– धनकुटे रोडलाई खाल्डाखुल्डीरहित निर्माण गरेको प्रचार गरे । सडक निर्माणलाई लिएर उनको फेसबुके दाबी विवादित पनि बन्यो । धरानको तीनकुनेदेखि सेउतीखोलासम्मको सडक निर्माण भएपछि आफू मेयर भएपछि सडक चिल्लो र गतिलो बनेको दाबी गरे । उनको यो दाबीलाई फेसबुकमा खिसीटिउरी गरियो । कारण साम्पाङले बजेट विनियोजन गरेर त्यो सडक निर्माण भएको थिएन । तर लाखौं फलोअर्स भएको घमण्ड गर्ने साम्पाङले भ्रम सिर्जना गर्न खोजे । ‘ड्रोनसट’ बाट लिएको भिडियो मनोरम देखिन्थ्यो । संगीतमय दृश्य फेसबुकबाट साभार गरेर साम्पाङले पोस्ट गरेका थिए । त्यो दृश्य देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताले साम्पाङको प्रशंसासमेत गरे । 

सामाजिक सञ्जालबाट भ्रमको  खेती गर्न सिपालु नगर प्रमुख साम्पाङले आफ्नो क्षेत्राधिकारभित्र भएको सडकमा भने काम गर्न सकेका छैनन् । नीति, निर्माण र बजेट विनियोजनको तहबाट काम गर्नुपर्नेमा उनले त्यता चासो नदेखाएको प्रतीत हुन्छ । 

बरु नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले धरानका सडकको खाल्डाखुल्डी पुर्ने अभियान चलायो । यो अभियानले ‘स्थानीय सरकार हुँ’ भन्ने मेयर साम्पाङको प्रतिबद्धताको मजाक उडायो । सामाजिक काम गर्नु आफैंमा प्रशंसायोग्य काम हो । त्यसै पनि धरान जनसहभागिताको सहर हो । तर स्थानीय सरकार हुँदाहुँदै अभियन्ताको भरमा एउटा संगठनले काम गर्नु भनेको सरकारको निकम्मापन र अनुत्तरदायित्व हो भन्ने बुझिन्छ । यसले ‘सरकार’ स्वयम्को खिल्ली उडाइरहेको हुन्छ । त्यतातर्फ स्थानीय सरकार प्रमुखको ध्यान जान सकेको छैन ।

हाम्रो क्यामेरामा धरानका केही प्रतिनिधि सडकका तस्बिरहरु छन्, जसले धरानमा सडकको दुर्दशा झल्काइरहेको देखिन्छ । धरान १७ रेल्वेदेखि घोपा क्यामतर्फ आउने सडक, धरान १८ क्यामगेट सडक, धरान विद्युत प्राधीकरण सडक, धरान पुरानो बजार हाइवेतर्फ प्रवेश गर्ने सडक, धरान सिंहदेवी उत्तर रोड, धरान १५ स्थित सदनरोड, पिण्डेश्वर चोक सडक, महादेव चोकदेखि  देउराली प्रवेश गर्ने सडक, धरान–पानीवारी सडक, धरान ८ स्थित लांघाली चोक सडक, चतरालाइन स्वस्तिका चोक सडक, धरान १८ पुष्पलाल मार्ग सडकलगायतका सडकले धरानमा सडकको दुर्दशाको प्रतिनिधित्व गरेको छ । 

धरान स्थानीय तहको पुनर्संरचनापछि दुई भागमा विभक्त छ । एउटा ‘सहर धरान’ र अर्को ‘ग्रामीण धरान’ । साविक विष्णुपादुका र साविक पाँचकन्याका ग्रामीण धरान हुन् । यी तस्बिरहरुमा ग्रामीण धरान समावेश छैन । जहाँ भौतिक निर्माणका अनेकौं चुनौतीहरु छन् । तीन तहका ‘सरकार’ ले यसलाई चुनौतीका रुपमा हेरेर विकास निर्माणका लागि पहल प्रयत्न गर्न आवश्यक छ । वडावडामा इन्जिनियर छन् । लागत स्टिमेट तयार गरी माथिल्ला तहका सरकारसम्म जाने ठाउँ छ । तर औपचारिक रुपमा त्यसो हुन सकेको छैन ।  

नगर प्रमुख साम्पाङले फेसबुकमा बढी हल्ला गर्नेभन्दा पनि भूगोलमा ध्यान दिन आवश्यक देखिन्छ । ‘स्वतन्त्र निर्वाचित नगरप्रमुख’ को छवि जनताको  आँखामा बिझाउन हुँदैन । आफ्नो प्रतिबद्धताअनुसार सरकार प्रमुखले सडकमा ध्यान दिएर हेर्न आवश्यक देखिन्छ । 

तस्बिरमा हेर्नुहोस् धरानमा सडकको दुर्दशा झल्काउने तीन दर्जन तस्बिर 

Dharan Road Photo Feature blastkhabar.com

Dharan Road Photo Feature blastkhabar.com (24)

Dharan Road Photo Feature blastkhabar.com (7)

Dharan Road Photo Feature blastkhabar.com (22)

Dharan Road Photo Feature blastkhabar.com (1)

Dharan Road Photo Feature blastkhabar.com (5)

Dharan Road Photo Feature blastkhabar.com (10)

Dharan Road Photo Feature blastkhabar.com (14)

Dharan Road Photo Feature blastkhabar.com (6)

Dharan Road Photo Feature blastkhabar.com (30)

Dharan Road Photo Feature blastkhabar.com (21)

Dharan Road Photo Feature blastkhabar.com (11)

Dharan Road Photo Feature blastkhabar.com (4)

Dharan Road Photo Feature blastkhabar.com (23)

Dharan Road Photo Feature blastkhabar.com (31)

Dharan Road Photo Feature blastkhabar.com (20)

Dharan Road Photo Feature blastkhabar.com (12)

Dharan Road Photo Feature blastkhabar.com (9)

Dharan Road Photo Feature blastkhabar.com (16)

Dharan Road Photo Feature blastkhabar.com (17)

Dharan Road Photo Feature blastkhabar.com (3)

Dharan Road Photo Feature blastkhabar.com (18)

Dharan Road Photo Feature blastkhabar.com (25)

Dharan Road Photo Feature blastkhabar.com (8)

Dharan Road Photo Feature blastkhabar.com (15)

Dharan Road Photo Feature blastkhabar.com (2)

Dharan Road Photo Feature blastkhabar.com (19)

Dharan Road Photo Feature blastkhabar.com (13)

Dharan Road Photo Feature blastkhabar.com (29)

Dharan Road Photo Feature blastkhabar.com (27)

Dharan Road Photo Feature blastkhabar.com (28)

Dharan Road Photo Feature blastkhabar.com (26)

Dharan Road Photo Feature blastkhabar.com (32)