सुनसरी । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको छ लाख भारतीय रुपैयाँसहित बाबुछोरा पक्राउ परेका छन् ।

नेपाल–भारत सीमामा तैनाथ भारतीय सुरक्षा बल एसएसबीको ४५ औं बटालियन शैलेशपुरले मङ्गलबार नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

नेपाल–भारत सीमा स्तम्भ २०६÷१ बाट भारतीय एसएसबीले अवैधरूपमा ल्याउँदै गरेको छ लाख भारुसहित झापा दमकका बाबुछोरालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि भीमनगर कस्टमको जिम्मा लगाएको छ । पक्राउ पर्नेमा दमक बस्दै आएका ४६ वर्षीय अशोक साह र उनका २२ वर्षीय छोरा सुरज साह रहेका छन् ।

नेपाली बजारमा भारतीय रुपैयाँको माग घटिरहेको अवस्थामा नेपाली नागरिकले अवैध रूपमा त्यति ठूलो परिमाणमा कुन प्रयोजनका लागि भारतीय रकम लान खोजिएको भन्ने खुल्न नसकेको स्थानीय भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।