बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक दिन फरकफरक चिकित्सकहरुले ओपिडी (बहिरंग सेवा) प्रदान गर्छन् । आज शुक्रबार प्रतिष्ठानका विभिन्न विभागका चिकित्सकहरुले सेवा प्रदान गर्छन् । प्रतिष्ठानमा बिहान ७ बजेपछि ओपिडी कार्ड वितरण सुरु हुन्छ । प्रतिष्ठानको बीचको बिल्डिङबाट ओपिडी कार्ड लिन सकिन्छ । त्यसपछि दक्षिण बिल्डिङमा रहेको विभिन्न विभागबाट ओपिडी सेवा लिन सकिन्छ । ओपिडी कार्ड लिइसकेपछि तल्लो बिल्डिङमा गएर लाइनमा बसी टोकन लिने व्यवस्था गरिएको हुन्छ । कर्मचारीलाई ओपिडी कार्ड प्रदान गरेपछि पालोमा लगाइदिन्छन् । १० बजेपछि चिकित्सकहरु आआफ्नो तोकिएको क्याबिनमा आउँछन् । र, पालोमा नाम आएपछिसम्बन्धित ठाउँबाट उपचार, सल्लाह र परामर्श लिन सकिन्छ । 

आज शुक्रबार ओपिडीमा रहने चिकित्सक र विभागहरुको तालिका यहाँ प्रस्तुत गरिएको छ । 

  • नेत्र विज्ञान (आँखा) (अप्थामोलोजी) – डा. सन्तोष चौधरी
  • मनोचिकित्सा (साइकाइट्री) – प्रा.डा. वैकुण्ठराज अधिकारी, डा. रिङ्कु गौतम जोशी, डा. सुरज नेपाल, डा. विनोदकुमार देव (साइकोलोजी)
  • हाडजोर्नी (अर्थोपेडिक्स) – प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, डा. राजीव महर्जन, डा. अमित लिम्बू, डा. यमबहादुर गुरुङ
  • आन्तरिक चिकित्सा (इन्टरनल मेडिसिन) – डा. सोनिया दुलाल
  • मुटु रोग (कार्डियोलोजी) – डा. नवीनकुमार पाण्डे
  • पेट, पाचन प्याङ्क्रियाज र कलेजो (ग्यास्ट्रोएन्टेरोलजी र हेपाटोलोजी) – 
  • पल्मोनोलोजी, क्रिटिकल केयर र स्लीप मेडिसिन – प्रा.डा. नरेन्द्र भट्ट, डा. रेजिना शाही
  • सामान्य शल्यक्रिया (जनरल सर्जरी) – प्रा.डा. राकेशकुमार गुप्ता, डा. रिकेशजंग कार्की, डा. राजेशप्रसाद शाह, डा. अभिजित कुमार, डा. आलोक दाहाल, डा. भवानी खनाल, डा. समीर चौधरी, डा. आवाज काफ्ले
  • जीआइ सर्जरी –
  • सिटीभिएस – 
  • ओटोरहिनोलारिंगोलजी एण्ड हेड एण्ड नेक सर्जरी (ईएनटी) –  प्रा.डा. संगीता भण्डारी, डा. दीपक पौडेल, डा. पारसराज अमात्य, 
  • डर्टामटालजी एण्ड भेनेरोलजी – डा. धनकेशर खड्का, डा. सूचना मरहट्ठा 
  • जनरल प्राक्टिस एण्ड एमर्जेन्सी मेडिसिन– 
  • प्रसुति एवम् स्त्री रोग (अब्सटेट्रिक्स एण्ड गाइनाकलजी) – डा. अचला ठाकुर, डा. अनामिका दास, डा. सूर्यप्रसाद रिमाल
  • बाल चिकित्सा एवम् किशोर चिकित्सा (पेड्रियाट्रिक्स एण्ड एडोलसन मेडिसिन) – डा. शंकरप्रसाद यादव, डा. वसन्त राई, डा. अरुणकुमार सिंह  

                                                                                                                                                                                                                                                                                                            स्रोतः बिपी प्रतिष्ठानको सेरोफेरो