धरान । सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘सकम्बरी माया गरिदेउ’ बोलको गीत बजारमा आएको  छ ।

गायक निशान भट्टराई र जेनिसा गौतमको स्वरमा रहेको ‘सकम्बरी माया गरिदेउ’ बोलको गीत हालै सार्वजनिक भएको हो । जीवन भण्डारीको शब्द रहेको गीतमा सुवास भुषालको सङ्गीत र उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको गीतको भिडियो मानसिंह मर्हजनले छायाङ्कन गरेका हुन् । गीतको भिडियोमा प्रकाश सपुत र कुशुम  शर्माको निकै रोमान्चक दृश्य देखाइएको छ । सुनिल विश्वकर्माको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् ।