विजयपुर । नेपाली चलचित्र ‘नम्बरी सुन’ भदौ १ देखि प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको अभिनय रहेको छ । चलचित्रमा नम्रता र गौरवसँगै सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायतले अभिनय गरेका छन् ।

चलचित्रको छायाङ्कन लमजुङको भुजुङ खोला, हेटौंडा, काठमाडौंलगायतका स्थानमा गरेको निर्माणपक्षले जनाएको छ । सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज खाती, सविन खाती र मनोज रिजालले लगानी गरेका छन् ।