समाचार सुन्न ‘प्ले बटन’ मा क्लिक्स गर्नुहोस्


चलचित्र पत्रकार संघ सुनसरीले धरानमा तीन दिने कार्यशाला सुरु गरेको छ ।

रंगकर्म र चलचित्र विधामा कलम चलाउने नयाँ पुराना सहभागी समावेश कार्यशालामा चलचित्र पत्रकारिताको अवधारणा, चलचित्र निर्माण, समीक्षा लेखन, गसिप, न्युमिडिया र मल्टिमिडियालगायतका विषयमा कार्यशालामा प्रशिक्षित गराइने अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिए । 

उनले चलचित्र क्षेत्रले अर्थ, पर्यटनलगायतमा कसरी टेवा पुर्याउँछ भन्ने विषयमा कार्यशालामा सहभागीले जानकारी लिने बताए ।   

Chalchitra Patrakar Sunsari blastkhabar (3)

कार्यशालाकै क्रममा चलचित्र क्षेत्रका उदयीमान पत्रकार र क्रियाशील पत्रकारलाई पुरस्कृत गरिने छ । केन्द्र मोसन पिक्चर्सको सहयोगमा प्रदान गरिने केन्द्र मोसन चलचित्र पत्रकारिता पुरस्कारबाट एकजना सम्मान गरिने छ । यस्तै चलचित्रकर्मी महासंघ प्रदेश १ ले छनोट गरेका एक जना वरिष्ठ कलाकारलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष विश्वकर्माले जानकारी दिए । 

गत वर्ष झुम्का सुनसरीका आदिवासी चलचित्रका पहिलो निर्देशक पर्शुराम चौधरीलाई सम्मान गरिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यतामा समापन हुने कार्यशालामा आज पहिलो दिन उद्घाटन समारोह र परिचयात्मक कार्यक्रमसहित पत्रकार आचारसंहिताका बारेमा सहभागीले जानकारी लिएका छन् । वरिष्ठ पत्रकार हर्ष सुब्बाले पत्रकार आचारसंहिताबारे अनुभव सुनाए । 

Chalchitra Patrakar Sunsari blastkhabar (2)

चलचित्र निर्देशक तथा सञ्चारकर्मी भीषण राई, चलचित्र निर्देशक लक्ष्मण सुवेदी, चलचित्र पत्रकार विजय आवाज, प्रशिक्षक रोनिश राउतलगायतले सहभागीलाई तीन दिनसम्म प्रशिक्षित गराउने छन् ।