छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । 

बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो ।

 जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो अडिसन जेठ १३ गते हुने भएको छ  । पहिलो अडिसन विराटनगर, सुनसरीको इटहरी र धरानमा हुनेछ ।

 ‘यस पटकको प्रतियोगिता विगतको भन्दा फरक र भव्य रुपमा हुनेछ,’ जय मिडिया मेनेजमेन्ट प्रालिका डाइरेक्टर जय राज रायले भने, ‘विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट छनोट भएका बालवालिकाहरुलाई प्रशिक्षण दिनेछ । जहाँ बालबालिकाहरुको क्षमता अभिवृद्धि गर्नेदेखि उनीहरुलाई सीप र संस्कारको ज्ञानहरु पनि सिकाइनेछ ।’

बालबालिकाहरुलाई नृत्य, सरसफाई, शिक्षाको महत्व, वाक कलाजस्ता अतिआवश्यक विषयमा विज्ञहरुबाट विशेष कक्षाहरु पनि दिइने प्रालिकी सिइओ निशा खतिवडाले बताइन् । 

प्रतियोगिताको विजेताले जनही ३०–३० हजार रुपैयाँको साथै प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बाल कलाकारको भूमिका निर्वाह गर्ने अवसर प्राप्त गर्नेछन् ।