विजयपुर । नयाँ वर्षको अवसरमा धरानमा साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । धरान–११ स्थित सगरमाथा खेलमैदानमा मकालु कला केन्द्रको आयोजनामा वैशाख १ गते साङ्गीतिक कार्यक्रम हुने भएको हो ।

सुन्दर समाजको निर्माण, कला, साहित्य र संस्कृतिको सम्मान एवम् उजागर हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नव वर्ष २०८० को अवसरमा वैशाख १ गते साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । मकालु कला केन्द्रको आयोजनामा हुने साङ्गीतिक तथा सांस्कृतिक भेट २०८० हुने कार्यक्रम संयोजक विजय वाम्बुले राईले बताए ।

कार्यक्रममा कला राई, जशोदा सुब्बा, द भोइस अफ नेपालको सेमिफाइनलिष्ट सुरक्षा सेन्च्युरी, विजय वाम्बुले राई, कुवेर खम्बु, डिजे मेवाहाङ, अरुण लिम्बू, कविराज राई, भीमराज क्षेत्री र गरिमा डान्स सेन्टरको प्रस्तुति रहने मकालु कला केन्द्रका सञ्चालक रिकेश विश्वकर्माले बताए ।