धरान । सामाजिक कथावस्तुमा आधारित वेब सिरिज ‘मै राम्री’ मा धरानकी अभिनेत्री रेखा लिम्बूले पनि अभिनय गरिरहेकी छन् ।

धुर्मुस सुन्तली युट्युब च्यानल मार्फत् प्रसारण भइरहेको ‘मै राम्री’ कुञ्जना घिमिरे (सुन्तली)ले निर्देशन गरेकी हुन् । हालसम्म तेस्रो भाग सार्वजनिक भइसकेको सिरिजमा रेखासँगै रामबाबु रेग्मी, गीता अधिकारी, सन्तोष बानियाँ, सहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, दिनेश काफ्ले, मिलन राई, प्रमिला राई, आशिका बस्नेतलगायतले अभिनय गरिरहेका छन् ।

विभिन्न चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेकी रेखाले वेब सिरिजमा अभिनय गर्दा नयाँ अनुभव बटुलिरहेको बताइन् । उनी भन्छिन्, ‘कलाकारले सबै किसिमका अभिनय गर्नुपर्छ । मै राम्रीबाट धेरै नयाँ कुराहरू सिकिरहेकी छु ।’