सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले आइतबार पुष्टि गरेका छन्। 

“अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन् । साथै मृत्यु र घाइते दुवैको सङ्ख्या अझै बढिरहेको छ,” उनले भने । यद्यपि प्रत्यक्षदर्शीहरूले भने आक्रमणमा मारिनेको सङ्ख्या १०० भन्दा बढी पुगिसकेको बताएका छन् ।

सोमालियाको व्यस्त जोब जक्सन नजिकै केही मिनेटको अन्तरालमा विस्फोटक पदार्थले भरिएका दुईवटा कारमा बम विष्फोट भएको थियो भने सोमालियाको शिक्षा मन्त्रालयलाई लक्षित गरी गोली चलाइएको थियो । 

शनिबार दिउँसोको विस्फोटनले नजिकैका भवनका झ्यालहरू भत्किएका, धुवाँ र धूलोको मुस्लो हावामा उडेको देखिएको थियो । सन् २०१७ को अक्टोबर १४ मा विस्फोटक पदार्थले भरिएको ट्रकमा विस्फोट हुँदा ५१२ जनाको मृत्यु हुनुका साथै २९० भन्दा बढी घाइते भएका थिए ।

मोहमुदले उक्त घटनालाई ‘इतिहास’ को संज्ञा दिँदै भने, ’यो एउटै ठाउँ हो, र उनै निर्दोष व्यक्तिहरूलाई यसमा संलग्न गराइएको छ । “यो ठीक होइन । ईश्वरको कृपाले उनीहरूसँग अर्को ठूलो घटना गर्न सक्ने क्षमता हुनेछैन,” उहाँले इस्लामिक समूह अल–शबाबलाई सङ्केत गर्दै भने ।