धरान । पहिलो मिस नेपाल रुवी राणा मिसेस नेपाल कल्चरको सद्भावना दूत बनेकी छन् ।

युहान इन्टरनेसनल इभेन्ट्सले उनलाई सद्भावना दूत घोषणा गरेको हो । मिसेस कल्चर विवाहिता नारीलाई लक्षित गर्दै प्रतियोगिता गर्न लागिएको हो । त्यसका लागि आयोजकले आवेदन खुल्ला भएको जानकारी दिएको छ ।

विवाहित महिलाहरूको अनुभव, परिपक्वता, सिकाइ अझ बृहत् र विस्तारित गर्न प्रतियोगिता गरिएको थियो । साउन २१ गते अडिसन हुने युहानका निर्देशक सानु खानले बताए । प्रतियोगिताका विजेताले शीर्ष उपाधि, दुई लाख बराबरको उपहारलगायतको पुरस्कार पाउने जनाइएको छ ।