धरान । गायक राजु लामाले बेलायती गायक ओज बेल्डोनको रेकर्डलाई तोडेका छन् ।

गायक लामाले ६ हजार ५७४ मिटर उचाइमा साङ्गीतिक कन्सर्ट गर्दै बेल्डोनको रेकर्डलाई तोडेका हुन् । सन् २०१२ मे १६ का दिन बेल्डोनले मेरापिक हिमालमा साङ्गीतिक कन्सर्ट गरेका थिए ।

जसको उचाइ ६ हजार ४ सय ७६ मिटर रहेको छ । उनले गिनिज विश्व रेकर्ड बनाएका थिए । यता गायक लामाले सगरमाथाको क्याम्प(३ मा पुगेर साङ्गीतिक कन्सर्ट गरेका हुन् ।

गायक लामाले जलवायु परिवर्तनको असरबारे सन्देश दिन सगरमाथा क्याम्प ३ मा पुगेर साङ्गीतिक कार्यक्रम गरिएको जानकारी दिए । गायक लामाले बेल्डोनको रेकर्डलाई तोडेका छन् ।

तर, गिनिज विश्व रेकर्डमा भने रेकर्ड गर्ने विषयमा जानकारी गराएका छैनन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमनदी पग्लिँदै गएकाले पनि त्यसबारे जनमानसलाई सचेतना गराउनका लागि साङ्गीतिक कन्सर्ट गरिएको उनले जानकारी दिए । कन्सर्टमा मङ्गोलियन ब्यान्डका लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।