अमेरकिी राष्ट्रपति डोनाल्ड ट्रम्पले चनियिाँ राष्ट्रपति सी चनिफङिको अमेरकिा भ्रमणका क्रममा बहिीबार ह्वाइट हाउसमा राजकीय रात्रभिोज आयोजना गरेका छन्। रात्रभिोजमा प्रवधिि क्षेत्रका प्रमुख व्यक्तत्वि, अर्बपति तथा व्यापारकि नेताहरू सहभागी थिए।

रात्रभिोजमा ट्रम्पले अमेरकिा र चीन फरक राजनीतकि प्रणालीका भए पनि दुई देशका जनताबीचको सम्बन्ध कायम रहेको बताए। उनले आगामी पुस्ताका लागि समृद्धि र सुरक्षालाई प्रवर्द्धन गर्ने सम्बन्ध नर्मिाण गर्न सकनिे धारणा व्यक्त गरे। सीले पनि दुवै देशका महत्त्वाकाङ्क्षी राष्ट्रयि लक्ष्य पारस्परकि रूपमा सुदृढ हुनसक्ने बताए।

सीको भ्रमणका क्रममा ताइवान, व्यापार र कृत्रमि बुद्धमित्ता ९एआई० लगायतका वषियमा दुई नेताबीच छलफल भएको थयिो। ट्रम्पले सीलाई मरीन वन राष्ट्रपतीय हेलकिप्टर तथा त्यसका लागि नर्मिाण गरिएको नयाँ हेलप्यिाडसमेत देखाएका थिए।

रात्रभिोजका क्रममा ट्रम्पले ह्वाइट हाउसको दक्षणिी भागमा नर्मिाण भइरहेको नयाँ बलरुमबारे चर्चा गर्दै सहभागीहरूलाई नर्मिाणस्थल अवलोकन गर्न नम्तिो दिए। उनले उक्त संरचनालाई ‘ग्रेट हल अफ द पपिल’सँग तुलना गरे। ‘ग्रेट हल अफ द पपिल’मा सीले गत मेमा ट्रम्पका लागि राजकीय रात्रभिोज आयोजना गरेका थिए।

रात्रभिोजमा ओपनएआईका साम अल्टम्यान, एनभडियिाका जेन्सेन हुआङ, अमेजनका संस्थापक जेफ बेजोस, टेस्ला र स्पेसएक्सका एलन मस्क, गुगल तथा अल्फाबेटका सुन्दर पचिाईलगायत प्रवधिि क्षेत्रका प्रमुख व्यक्तत्वि सहभागी भएका थिए। ट्रम्पले सीलाई आफू र प्रथम महलिा मेलानयिा ट्रम्पको सहकार्यमा तयार पारिएको चीलको मूर्ति उपहार दिए।

रात्रभिोजमा जङ्गली च्याउ र पहेँलो स्क्वासको परकिार, तलिे छोपिएको समुद्री माछा तथा चेरी, ओखर र भेनलिा क्रमिसहतिको मठिाई प्रस्तुत गरिएको थयिो। ट्रम्पले बुधबार सी र उनकी श्रीमती पेङ लयिुआनलाई संयुक्त बेस एन्ड्र्युजमै पुगेर स्वागत गरेका थिए।

यसअघि मेमा बेइजङि भ्रमणका क्रममा सीले ट्रम्पका लागि ‘ग्रेट हल अफ द पपिल’मा राजकीय रात्रभिोज आयोजना गरेका थिए। सन् २०१५ मा भने तत्कालीन राष्ट्रपति बाराक ओबामाले सीलाई राजकीय भ्रमणमा स्वागत गर्ने तयारी गर्दा ट्रम्पले त्यस्तो भव्य स्वागतको आलोचना गर्दै सीलाई म्याकडोनाल्डमा लगेर वार्तामा फर्कनुपर्ने टप्पिणी गरेका थिए। रासस/एपी