झापा। झापाको भद्रपुर नगरपालिका(४ स्थितमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-४ का ७७ बर्षीय जगत बहादुर कार्की रहेका छन् ।

बिहीबार राती पौने ७ बजे मे.१० प ४४१९ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका कार्कीको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न मोटरसाईकल र चालक कचनकवल गाउँपालिका-७ का माधव राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।