धरान । स्टाइल आइकन नेपाल २०२१ को उपाधि पुरुषतर्फ माटुर रेहमान र महिलातर्फ रोजी छामिछानेले जितेका छन् । 

उदयीमान मोडलका लागि आयोजकले स्टाइल आइकन नेपाल प्रतियोगिता गर्दै आएको छ । विजेताद्वयले नगद २५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरे । मस्ट ट्यालेन्टको टाइटल पनि रोजीले जितेकी छिन् । इभेन्ट बेटर ग्यालेक्सीको आयोजनामा काठमाडौंको जमलस्थित नाचघरमा सम्पन्न प्रतियोगितामा ९ युवा मोडल र १९ युवती मोडलले प्रतिस्पर्धा गरेका थिए । 

matur and rosi- winner style icon nepal 2021

पुरुषतर्फ फस्ट रनरअप सुजन थापा र सेकेन्ड रनरअप सन्तोष आचार्यले जितेका छन् । त्यस्तै महिलातर्फ फस्ट रनरअप सृजा खरेल र सेकेन्ड रनरअप निर्मला धितालले जिते । त्यस्तै पुरुषतर्फ थर्ड रनरअप आदर्श मगराती बन्दा महिलातर्फ नेहा यादवले जिते । मस्ट स्टाइलिसको टाइटल सम्यक महर्जन र चन्दु शाहीले जितेका छन् । 

यस्तै नेपाली मोडलिङमा तीन दशकभन्दा बढी योगदान दिएका अभिनेता तथा अग्रज मोडल कोरियोग्राफर प्रशान्त ताम्राकारलाई सम्मानित गरिएको छ ।

prasanta tamrakar

कार्यक्रममा निर्णायकमा अभिनेताहरू प्रमोद अग्रहरी, गजित बिष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ब्युटिसियन रुस्का श्रेष्ठ, महेश केसी, विक्रम श्रेष्ठ, दीपक घिमिरे, मीरा कक्षपती र विशाल गुरुङ थिए । उदयीमान मोडलहरूलाई स्थापित गर्न प्लेटफर्म प्रदान गरिएको धिरज तन्डुकारले बताए ।