विजयपुर । सुनसरीको कोशी गाउँपालिका–६, लाही टोलका एक युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ ।

कोशी गाउँपालिका–६ का २६ वर्षीय पप्पु यादव भैँसी चराउन गएका बेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण मुख्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिए । मृतक यादवको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।