श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल असोज १६ गते शनिबार, ०२ अक्टुबर २०२१ । राक्षस संवत्सर असोज कृृष्णपक्षको एकादशी तिथि २३ः२८ बजे सम्म, उप्रान्त द्वादशी नक्षत्र  अश्लेषा ३ः५० बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः५७ र सूर्यास्त ५ः४९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भैपरी आउने समस्याले खर्च बढ्नेछ भने यात्रा पनि फलपूर्ण हुने देखिन्छ । दिन राम्रो छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । अरुको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल आउनेछ । अरुको विश्वास जित्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कस्मेटिक व्यापार व्यवसायबाट लाभ मिल्नेछ । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लामो दुरिको यात्रा रहनेछ । पारिवारिक मेलमिलापले घरमा खुसियाली छाउने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सवारी साधन खरिद गर्न सकिने छ । पढाईमा भन्दा मनोरञ्जनमा मन जाने देखिन्छ । दिन राम्रै छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम पुनः सुरु हुन सक्छन् ।  प्रेम प्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्न सक्छ । दिन सामान्य छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आँटेको र ताकेको  कार्य पुरा होला । प्रविधिमार्फत टाढाका नातागोता वा परिवाजनसँग संगम हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा उतार र चडाव हुनेछ । पुरानो रोग बल्झीनाले स्वास्थ्यमा निकै असर हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज शरिरमा स्फुर्ति र उमङ्ग कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला ।