श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ २९ गते मंगलबार, १४ सेप्टेम्बर २०२१ । राक्षस संवत्सर भदौ शुक्लपक्षको अष्टमी तिथि १:२२ बजेसम्म, उप्रान्त नवमी नक्षत्र  ज्येष्ठा ७:१५ बजेसम्म, उप्रान्त मुल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५:४८ र सूर्यास्त ६:०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । धार्मिक सांस्कृतिक सुभा समारोहमा सरिक हुने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तिव्रता लिनेछ । समय राम्रो छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अधिका प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बृद्धिको उपयोगले नसोचेको काम बन्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मनमा दोधारेको अवस्था सिर्जना हुन सक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना देखिएको छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

वस्त्र, आभूषण व्यापार व्यवसायबाट प्रसस्त लाभ रहनेछ । आँटेका ताकेका कामहरु पुरा हुँदै जानेछन् । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

वैदेशिक यात्राको योग रहेको छ । पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाव र तनाव बढेको महसुस हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

राजनैतिक क्षेत्रमा सोचे अनुरुप सफलता मिल्ने छैन । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

एकपछि अर्को अवसर आउनो मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मान सम्मान पाउने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज आफन्तसँग मनमुटाव बढ्ला । आफुलाई कमजोर भएको महसुस हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ कामको थालनी गर्दा मन प्रसन्न रहनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।