यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा गरिवि निवारणको लागि लघु उद्यम कार्यक्रम सम्पन्न भएको छ । चैत्र २३ गतेबाट सुरु भएको कार्यक्रम मङगलबार कुम्मायक ४ स्थित तिङ्देनमा सम्पन्न भएको हो । 

बिपन्न बेरोजगार युवाहरुलाई व्यवसायीक बनाउँने उदेश्यले कार्यक्रम संचालन गरिएको थियो । सफल उद्यमी बनाउँन छनोट गरिएका वडाका ४० जना नागरिकहरुलाई ढाका, सिलाइ कटाइ, ड्राइभिङ सम्बम्धि तालिम दिइने भएको छ ।  

तालिमको सहजिकरण गाउँपालिका उद्यम बिकाश सहजकर्ता नारायण सुवेदीले गरेका थिए । कार्यक्रमका प्रमुख अथिति गाउँपालिका उपाध्यक्ष सिता आचार्य, कार्यपालिका सदस्य तारा लुइटेलले बेरोजगार युवालाई छनोट गरी आत्मनिर्भर बनाउँने उदेश्यले लघु उद्यम कार्यक्रम संचालन गरेको भन्दै यो कार्यक्रमले सफल उद्यमी बनाउँन सहयोग गर्ने बताएका थिए । 

कार्यक्रमका सहभागी ४० जनालाई प्रमाण पत्र बितरण गरिएको थियो । कार्यक्रम वडा अध्यक्ष पूर्णकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।