ब्लाष्टखबर ।  उदयपुरकाे कटारी नगरपालिकामा  करेन्टलागेर एक महिलाकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा  नगरपालिकाकाे  ४ वडा स्थित सिम्लेका ३९ बर्षीया मन कुमारी मगर दनुवार रहेकी छिन् । 

सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।