ब्लाष्टखबर । माेरङकाे जहदा गाउँपालिकामा स्काभेटरकाे बकेटले लागेर एकजनाकाे मृत्यु भएकाे छ ।
गाँउपालिकाकाे १ नम्बर वडा स्थित भुटाहा चाेकमा निर्माणाधिन सडककाे काम गर्ने स्काभेटरकाे बकेटले लागेर स्काभेटरका अप्रेटर चालककाे ताप्लेजुङ्ग का २६ बर्षीय दिपक तामाङको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार शुक्रबार स्काभेटरमा तेल हाली चेकजाच गर्ने जाँदा बकेट खुस्किएर तामाङलाइ लागेकाे थियाे । बकेटले लागेर घाइते भएकाे तामाङकाे उपचारकाे क्रमका विराटनगर स्थित काेशी अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे उक्त कार्यालयले जनाएकाे छ ।