इटहरी। इटहरी–१९ तरहराका ६५ वर्षीय पूर्व लाहुरे केके राईको साङ्गीतिक मोह बिछट्टै खालको छ । 

उमेर ढल्किसके पनि गायनमा भने उनी युवापुस्ता झैं लाग्छन् । उनी पूर्वेली लोकदोहोरी गीतमार्फत् आफूलाई चिनाउन अहिले कम्मर कसेका छन् । तर, उनी भने आधुनिक गीत सुन्न मन पराउँछन् ।

ठाडो भाकामा पूर्वेली गीत गाउँदै आफ्नो परिचय बदल्ने ध्याउन्नमा छन् । हालसम्म दर्जनभन्दा बढी गीत लेखेर गाइसकेको उनी बताउँछन् । जसमध्ये ८ वटा गीतको म्युजिक भिडियो पनि तयार गरेका छन् ।

उनले ‘लाहुेर जवानीले पा¥यो मलाई भुलको’ गीतको म्युजिक भिडियो बजारमा ल्याउन लागेको बताए ।  भिडियोको छायाङ्कन पनि पूरा भइसकेको बताए । 

२०१२ सालमा खोटाङको राखा बाङ्देलमा जन्मिएका उनी २०३० सालमा भारतीय सेनामा भर्ती भएर सेवा गरे । सुवेदार मेजरबाट अवकाश भएका उनी अहिले गीत लेख्दै गाउने गरेका छन् ।

‘मैले समला भाकामा दोहोरी गाउने र लेख्ने काम गर्दै आएको छु’ उनले भने, ‘२ वटा एल्बम्समेत निकालिसकेको छु ।’ उनी सुनकोशी लोकदोहोरी साँझ गर्ने तयारीमा छन् । हरेक महिनामा एकपटक दोहोरी साँझ गराउँदै सबैलाई मनोरञ्जन दिने तयारीमा छन् ।

पूर्वेली भाकाको संरक्षणका लागि आफूले बुढेसकालमा भए पनि गीत गाउन थालेको बताए । गीतसँगै उनी बास्केटबल, ब्याडमिण्टनलगायतका खेल खेल्न पनि सिपालु छन् ।