ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका ४ डुम्रिसेस्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको टिपर दुर्घटना परी १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा लमजुङ दोर्दी–६ किर्ती गाउँ स्थायी ठेगाना रहेका १८ वर्षीय कृष्ण विक रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । टिपर दुर्घटनामा परी घाइँते भएका विकको उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लाने क्रममा राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार राति १० बजे प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको टिपर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेरको थियो ।
दुर्घटनामा चालक सिन्धुली कमलमाई ४ का २४ वर्षीय यामकुमार बिक, ताप्लेजुङ पाथीभरा याङबरक–२ थेचम्बुका २० वर्षीय मन्दिप लिम्बू घाइते भएका छन् । उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।