ब्लाष्टखबर । धरानमा प्रदेश १ स्तरीय तीन दिने  आधारभुत पत्रकारिता तालिमको सोमबार समापन भएकाे छ । 

स्वतन्त्र ,निस्पक्ष र सिर्जनशील पत्रकारिता आजको आवश्यकता भन्ने मुल नाराका साथ आयोजना गरिएको तालिमकाे विजयपुर खबर डट कम र हार्ट एफएम ८७.६ मेगाहर्जकाे सयुक्त आयोजनामा भएकाे थियाे । 

तालिममा झापा मोरङ सुनसरी, उदयपुर, धनकुटा, सप्तरी, सिरहा, इलामलगायतठाउँबाट ४० भन्दा बढि युवायुवतीहरुको सहभागीता रहेको तालिमका सहयोगी संस्था सि.ईं नेपालका प्रतिनीधि तथा विजयपुर खबर डट कमका सहसम्पादक कुवेर गुरुङलेबताएका छन् । 

तालिमको सहजिकरण बिद्रोही , नयाँ पत्रिका दैनिकका पत्रकार देवेन्द्र कार्की, र महेन्द्र बहुमुखी क्याम्पस धरानका पत्रकारिताका उपप्रध्यापक किशोर थुलुङ्, सि.इ. नेपालका प्रशिक्षक , बिजय कार्की र फुर्वा शेर्पाले गरेका थिए। कार्यक्रमको संचालन हार्ट एफएमका स्टेसन मेनेजर रमेश राईले गरेका थिए।

समापनमा प्रशिक्षकको तर्फबाट नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोहीले तालिम पछिको सहभागीहरको कार्यभारबारे बताए

 समापनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्टार प्राडा. मोहनचन्द्र रेग्मीको उपस्थितिमा सहभागीहरुलाई प्रमाण् पत्र  वितरण गरिएको थियो ।