धनकुटा / धनकुटा नगरपालिका वडा नं.४ भोटेचौतारा स्थायी घर भै हाल पुर्चगल बस्दै आएका पत्रकार राजकुमार दिक्पालको घरमा शुक्रबार मध्य दिउँसो विद्युत लाईन सर्ट भएर आगलागी भएको छ ।
मध्य दिउँसो घरमा कोही नभएको वेला विद्युत सर्ट भएर अचानक आगलागी भएको दिक्पालका भतिजा संजय लिम्बुले ब्लाष्टलाई बताए ।
दिउँसो घरमा कोही नभएको बेला घरको धुरीको झ्यालबाट धुँवा आएको देखे पछि आफुले पनि अचानक थाहा पाएको लिम्बुले बताए । दिक्पाल परिवार सहित पर्चुगलमा बस्दै आएका छन् ।
आफुले थाहा पाउँदा दिदि विजया लिम्बु सुत्ने कोठा र आफु सुत्ने अर्को कोठामा दनदनी आगो सल्केकोले २ वटै कोठाको कुनै सामान निकाल्न नसकिएको दिक्पालका भतिज संजयले बताए ।
संजयको दिदि विजया भने नोपलगञ्ज विवाह भएको र चाँडै हङ्गकङ्ग जाने तयारीमा रहेका थिए । उनी चाँडै हङ्गकङ्ग जानु पर्ने भएकाले केही महिना अघि माईती आएकी थिइन ।
विजया र संजय दिक्पालका दाजुका छोरा र छोरी हुन । छोरी विजयाको हङकङ्गजान तयारी गरिएको पासपार्ट,नागकिता लगायत आवश्याक सम्पुर्ण कागाजपत्र जलेर नष्ट भएको छ ।
चाडै हङ्गकङ्ग जाने भएपछि माईतीमा बिदा माग्न उनी नेपागञ्जबाट केही समय अघि धनकुटा आएकी थिईन । उनको कोठामा रहेको नगद १ लाख, ५० हजार, २ तोला सूनको औठी जलेर नष्ट भएको छ । दिक्पालका दाजु मानबहादुर, आमा, भाउजू भने केही दिन अघि काठमाण्डौं गएका थिए ।
तिन तले ढुङ्गा माटो र च्याँदरको छानो भएको घरमा सिरान तलामा विधुत सर्ट भएर आयो लागेको थियो । विच तला खाली थियो, सिरानको तलामा दिदिभाई बस्दै आएका थिए ।
भुईतलमा वोईलर कुखुरा पालेका थिए । सिरानको तलाको भित्री भागको काठपात पुर्ण रुपमा जलेर नष्ट भएको छ । घरको छानामा लगाईएको काठ सम्पुर्ण जलेकाले घर काम नलाग्ने भएको छ ।
आगलागीको कारण कुनै मानविय क्षति नभए प्रहरीले जनाएको छ । आगलागीको कारण घर सहित सरसामानको हिसाव गर्दा ८ देखी १० लाख वरावरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
धनकुटा नगरपालिकाको २ वटा दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानियको करिव १ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा आएको थियो ।