विराटनगर । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार  धमेन्द्र झा र केन्द्रीय सदस्य तथा झापाका पूर्वअध्यक्ष मोहनकाजी न्यौपाने पुरस्किृत भएका छन् ।

झालाई षष्टिका बस्नेत सूचनाको अधिकार र न्यौपानेलाई षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्का २०७६ प्रदान गरिएको हो । 

नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा शुक्रबार पुरस्कार वितरण कार्यक्रम आयोजना गरि उनीहरूलाई पुरस्कृत गरेको छ । झालाई बितरण गरिएको पुरस्कारको राशी ५१ हजार ५१ रुपैयाँ र न्यौपानेलाई बितरण गरिएको पुरस्कार राशी १५ हजार १५ रूपैयाँको रहेको नेपाल पत्रकार महासंघ मोरङका सचिब अर्जुन आचार्यले जानकारी दिए ।

पुरस्कृत भएका दुवै जनालाई १ नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

नेपाल पत्रकार महासंघ मोरङले सूचनाको हकसम्बन्धी अभियानका अभियानकर्मीहरूलाई प्रत्येक वर्ष उक्त पुरस्कार वितरण गर्दै आएको छ ।