प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारमा भएको आगलागी पीडितलाई तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्ने बताएका छन् ।
मेरिङदेन गाउँपालिका वडा नम्बर ३, दोभान बजारमा भएको आगलागीप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले घटना दुःखद भए पनि पीडितलाई तत्काल राहात र पुनःस्थापनाको व्यवस्था सरकारले गर्ने घोषणा गरे ।
झापाको बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’को उद्घाटन गर्दै प्रम ओलीले उद्धारमा जुट्न प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे ।
आगोबाट ५१ वटा घरहरु जलेको खबर आएको बताउँदै प्रम ओलीले आगो निभाइसकिएको बताए । उनले पुनःनिर्माण गर्ने कुरामा सरकार तत्काल लाग्ने र प्रदेश १ सरकारलाई संयोजन गर्न निर्देश गरे ।