ताप्लेजुङको दोभान बजारमा लागेको आगोले चालीस घर नष्ट भएका छन् । 

स्थानीयवासीलाई उद्धृत गर्दै ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले चालीस घर जलेको जानकारी दिए । 

आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् । 

आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा झण्डै एक घण्टा लाग्छ ।

आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण पनि आउन बाँकी छ ।


ताप्लेजुङ्को दोभान बजारमा (ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानमा बिहानको ९ बजेबाट ) भिसण आगलागि भईराछ, र दर्जनौं घरहरु जलिराछन् भन्ने खबरले स्तबध बनाएको छ। 😭😭😭😭

Posted by Bhesh Raj Dahal on Monday, March 1, 2021

ताप्लेजुङको दोस्रो ठूलो बजार दोभान मा आगलागी

Posted by मिक्वाखोला गाउँबासी on Monday, March 1, 2021