ब्लाष्टखबर ।  सञ्चारकर्मी रवि लामिछानेले उनी लगायतकाे संलग्नतामा नेपालमा पहिलाे फाेरके टेलिभिजना च्यानल संञ्चालनमा ल्याउने घाेषणा गरेका छन् । 

‘ग्यालेक्सी फोरके’ नाम दिएकाे उक्त टेलिभिजनकाे मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी टेलिभिजनका  प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले  शुभारम्भको घोषणा गरेका छन्।

उनले सञ्चालनमा ल्याएकाे उक्त टेलिभिजनमा आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि प्रदान गर्ने  लामिछानेले  बताएका छन् ।

टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे रहेका छन् ।