विराटनगर । नेकपा प्रचण्ड माधव समूहका मोरङका पाँच जना कार्यकताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई बिहीबार दिउँसो मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नेकपा मोरङका सचिवालय सदस्य तथा मोरङ जिल्ला संघर्ष समितिको सहसंयोजक पारुल क्षेत्री, महानगर संघर्ष समितिका सहसंयोजक मिरा दाहाल, विराटगनर महानगरपालिका ६ कि वार्ड सदस्य (जनप्रतिनिधि) चम्पा कार्की, मिना पोखरेल, शारदा मैनाली लगायतलाई नियन्त्रणमा लिएको छ ।
हडतालको अवज्ञा गरेको भन्दै बिहीबार दिउँसो बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरिएको थियो । तीनपैनी चौक अगाडी सरकारी गाडी तोडफोड भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको बुझिएको छ ।