ब्लाष्टखबर । नेकपाकाे प्रचण्ड–माधव समुहले गरेकाे बन्दका कारण धरानका मजदुर र बन्दकर्ता बिच झडप भएकाे छ । भानुचाेकमा बन्दकर्ता समुहका कार्यकर्ताले टेम्पूलाई राेकेर लात्त हानेपछि सुरू भएकाे विवादका कारण मजदुरहरू र बन्द कर्ता बिच केहिसमय सामान्य झडप भएकाे हाे।
ट्याम्पो चालकलाई दुर्व्यवहार गरिएको भन्दै त्यहा रहेका यातायात मजदुरहरू प्रचण्ड–माधव समुहले गरेकाे हड्तालकाे विराधमा उत्रिएका थिए । दुवै पक्षबिच झडप भएकाे पनि त्यहा रहेका प्रहरीले दुर्घटना हुन भने दिएका थिएनन् ।
झडपलगत्तै बन्दकर्ताहरुले लगत्तै टायर बाल्न खोजेपछि मजदुरहरुले खोसेका थिए । मजदुरले टायर खाेसेर फाल्ने क्रममा बन्दकर्ता र मजदुर बिच टायर तानातान हुँदा दुवै पक्षका केहि सामान्य घाइते भएकाे बताइएकाे छ ।
मजदुरहरूले बन्दकर्ताहरूले गरेकाे नाराबाजीकाे प्रतिकारमा समेत गरेका थिए ।
त्यस्तै , पानीकाे गाडिकाे सिसा फाेडेकबाे भन्दै प्रचण्ड – माधव समुहका राष्ट्रिय युवा संघका धरान उपमहानगर सहसंयाेजक विजय तामाङ पक्राउ परेका छन् । हड्तालका क्रममा पानी, दुध, एम्बुलेन्स लगायत अती आवश्यकीय गडीलाइ अवराेध नगर्ने भएपनि तामाङले पानीकाे गाडीकाे सिसा फाेडेकाेले पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जनाएका छन् ।