विराटनगर/ नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड– नेपाल समूहले आज देशव्यापी आमहड्ताल आयोजना गरेको छ । घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड– नेपाल समूहका नेता–कार्यकर्ता सडकमा उत्रिएका छन् ।

उक्त समूहको आम हड्तालले नागरिकको जीवन प्रभावित भएको छ । विराटनगरमा सार्वजनिक बाहेका  निजी गाडी फाट्टफुट्टमात्र चलेका छन् । मोटरसाइकल भने बाक्लै रूपमा चलेका छन् । फाट्टफुट्ट चलेका सार्वजनिक सवारीमा पनि बन्दकर्ताको आक्रमणको जोखिम उत्तिकै छ ।

विराटनगरका मुख्य सडक आसपासमा पसल खुलेका छैनन् भने भित्री क्षेत्रका पसल व्यवसाय सन्चालनमा छन् । बिहानै प्रचण्ड नेपाल निकट अनेरास्ववियू र युवाको समूहले विराटनगरको शनिमन्दिर चौकस्थित टायर बालेर प्रदर्शन गरेका छन् । शनिमन्दिर चौकमा बिहानै बालिएको टायर प्रहरीले निभाएको थियो । त्यसपछि पनि प्रहरी र युवाहरुबिच टायर तानतान  भयो  । 

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड–माधव समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो ।

BRT

BRT2

BRT1