‘उड्नु छ आज’ भन्दै आईन् गायिका सीमा संग्रौला

alt
  • पुष २९, २०७७
  • ब्लाष्ट खबर

धरान । दस बर्ष अघि  ‘नोट’ एल्बम निकालेर नेपाली संगीत क्षेत्रमा पदार्पण गरेकी धरानकी गायिका सीमा संग्रौलाले लामो समयपछि ‘उड्नु छ आज’ बोलको गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् ।

 नोट एल्बमको ‘के नै रुनु छ  र’ बोलको गीत बाट त्यही बर्ष हिट्स एफएम म्युजिक अवार्डबाट सर्वोत्क्रस्ट नव प्रतिभाको अवार्ड समेत हात पार्न सफल गायिका सिमा संग्रौलाको के नै रुनु छ संगै जितेर मेरो मन, यो बैंश भित्र के छ , उताउलो मोरोले ताल पार्यो लगायतका  गीतहरु लोकप्रिय रहेका छन । 

मेलोडी , फ्युजन र टिपिकल नेपालीपनका गीतहरु गाउन मन पराउने उनले ‘उड्नु छ आज’ गीत बिशाल पाण्डेसंग मिलेर संगीत तथा रचना गरेकी हुन् । यसअघि ३ महिना अघि मात्र उनले बिशाल पाण्डे संग मिलेर नै ‘माया आउन नजिक’ बोलको गीतको गीत तथा म्युजिक भिडीयो सार्वजनिक गरकी थिईन। 

लकडाउनको समयमा अडियो तयार गरि लकडाउन खुलेपछिको समयमा पर्यटकीय नगरी  पोखरा र यस आसपासका क्षेत्रमा खिचिएको भिडीयोको छायांकन, सम्पादन तथा निर्देशन बिशाल पाण्डेले गरेका छन् । ‘उड्नु छ आज’ गीतलाई गायिका सीमाले आफ्नो प्रेरणादायी गीतको रुपमा लिएको बताउंछिन् ।  यहि गीतमा भने झैँ उनि अब भने निरन्तर संगीतमा आफ्नो पाइला चाली रहने बताउंछिन् ।


 


संसदीय व्यवस्था र स ...

बेलबारी । नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद ...

'कोभिसिल्ड’ले पायाे ...

ब्लाष्टखबर । औषधि व्यवस्था विभागले भारतमा उत्पादन ...

इस्टुको माग सम्बोधन ...

भद्रपुर ।  संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ...

नेपाल– भारत पेट्रोल ...

ब्लाष्टखबर । नेपाल– भारत  पेट्रोलियम पाइपलाइनमा प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved