कालाबञ्जार । थारु जतिको लोकगीत ‘आब आब नाचम सवकोइ मघिमे’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

मंगलबार रामधुनीको झुम्का म्याजिक हलमा गीत सार्वजनिक गरिएको हो । लोप हुन लागेको थारु संस्कार, संस्कृतिलाई गीतमा समेटिएको छ । लोकगीतलाई जगेर्ना गर्ने उद्देश्यले भिडियो निर्माण गरिएको थारु चलचित्र तथा सस्कृतिक संघ सुनसरीकी अध्यक्ष जानकी चौधरीले बताइन् ।

गीतमा सुनिल चौधरीको शब्द, संगीत रहेको छ साथै सुनिल चौधरी र अनुमा चौधरीले स्वर भरेका छन् । भिडियोमा जनक चौधरी, अन्दिसा चौधरी, बिनोद चौधरी, सनम चौधरी, दिनेश, दीपिकालगायतको भूमिका छ । 

गीतको म्युजिक ऐरेञ्ज बिट्स स्टुडियो विराटनगरले गरेको छ । जनक चौधरीको निर्देशनमा बनेको गीत इटहरी १८ को रहिपुर क्षेत्रमा छायांकन गरिएको छ ।