उर्लाबारी । उर्लाबारी जेसीजको सोमबार भएको शाखा अधिवेसनबाट बर्ष २०२१ को लागि अशोक धिमाल सहित कार्य समिति सर्वसम्मत निर्वाचित भएका छन ।


  समितिको कार्यकारी उपाध्यक्षद्धयमा नविन श्रेष्ठ र संन्दिप पौडेल, उपाध्यक्षमा टिकाप्रसाद अधिकारी, दिनेश दाहाल, हेमन्त थापा र रंन्जित श्रेष्ठ तथा जनसंम्पर्क अधिकारीमा शुष्मा बस्नेत निर्वाचित भएका निर्वाचन अधिकृत बिनोद ओलीले बताएका छन ।


   उर्लाबारी जेसीजको बिधान अनुसार नवनिर्वाचीत अध्यक्ष धिमालले समितिमा कानुनी सल्लाहकारमा ताराप्रसाद खतिवडा, महासचिवमा प्रेमराज शेर्मा, कोषाध्यक्षमा तारानाथ दाहाल र सचिवमा संन्ध्या खड्कालाई मनोनयनको घोषणा गरेका उर्लाबारी जेसीजले जनाएको छ ।