ब्लाष्टखबर । भारतको जोगवनीबाट अवैध रुपमा भन्सार छलि गरी चोरी पैठारी गरी नेपाल भित्रयाइएको २ लाख ३८ हजार भन्दा बढी मुल्यको सामान बरामद भएको छ ।
विराटनगर महानगरपालिका १५ स्थित जितुवा नजिकबाट विभिन्न प्रकारका मोवाइलका पार्टपुर्जा, लत्ताकपडा, खाद्यन्न तथा इलेक्ट्रोनीक सामाग्री फेला परेको जिल्ला प्रहरी कार्यायल मोरङले जनाएको छ ।
कार्यालयका अनुसार अन्दाजी २ लाख ३८ हजार ७ सय ९० रुपैयाँ बराबरको उक्त्त सामान बेवारीसे अवस्थामा प्रहरीले फेला पारेको हो ।
बरामद उक्त्त सामान आवश्यक कारवाहिका लागी मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइएको छ ।