ब्लाष्टखबर । इटहरी र धरान उपमहानगरपालिकाबाट १ सय ५ जना सडक मानवको उद्धार गरिएको छ । उद्दार गरिएकाहरूमा १२ जना बालबालिकासहित दुइसहरकाे सडकमा बस्ने  सहयोगापेक्षी १ सय ५ जना ब्यक्तिहरुको उद्धार गरिएको हो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको अगुवाईमा इटहरी र धरान उपमहानगर तथा मानव सेवा आश्रमको संयोजनमा उनिहरूकाे उद्धार गरिएको हो ।

उद्धार गरिएका उनिहरूलाई इटहरीको शुभारम्भ पार्टी प्यालेसमा ल्याएर कपाल,नङ्ग काटदिनुका साथै नुहाएर नयाँ कपडा प्रदान गरी १२ जना बालबालिकालाई इटहरी स्थित भ्वाइस अफ चिल्ड्रेन मा राखिएकाे थियाे भने, अन्य  ९३ जनालाई मानव सेवा आश्रम विराटनगर लगिएको छ ।

सामाजिक विकास राज्य मन्त्री जसमायाँ गजमेरको प्रमुख आतिथ्यमा सहभोज कार्यक्रम समेत सम्पन्न भएको छ ।

राज्यमन्त्री गजमेरले प्रदेश १ का सडकमा कोहि पनि जनता भोकभोकै बस्नु नपरोस भनेर प्रदेश सरकार उद्धारमा लागेको बताइन् ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको सहयोगापेक्षी सडक मानव उद्धार पूर्नस्थापना तथा सहभोज कार्यक्रममा धरान उपमहानगरकी उपप्रमुख मन्जु भण्डारीले स्वागत गर्नुभयो ।

धरान उपमहानगरका प्रमुख तिलक राई, ,सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की,सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेल,मानव सेवा आश्रमका सचिव सुमन बर्तोलाले शुभकामना मन्तब्य ब्यक्त गरे । कार्यक्रम इटहरी उपमहानगरको ब्यवस्थापनमा भएको हो ।

आज उद्धार गरिएका सहयोपेक्षी सडक मानवहरुलाई परामर्श र स्वास्थ्य उपचार पछि आफनो घरमा पुर्नस्थापना हुन चाहनेलाई पूर्नस्थापना र आफन्त कोहि पनि भएका तथा पूर्नस्थापना गराउन नसकिएकाहरुलाई मानवसेवा आश्रममा राखिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।