ब्लाष्टखबर । सर्लाहीको बलरा नगरपालिकामा मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
बलरा नगरपालिका–१ स्थित सेढवा–मोहनपुर भित्री सडक खण्डमा गयराती मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकल चालक बलरा नगरपालिका–१ सेढवाका १७ वर्षीय अंकित सिंह गम्भिर घाइते भएका थिए ।
सिहंलाई उपचारको लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय सर्लाहीले जनाएकाे छ ।
कार्यालयका अनुसार हथियौलबाट सेढवा जादै गरेको ना ३ त ४०९० नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउदै गरेको बिआर ३० जेड ७१४८ नम्बरको मोटरसाइकल आपसको ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकलका पछाडि सवार एक बलरा नगरपालिका १ का १७ वर्षीय राजिव सहनी घाइते भएका छन् ।घाइते सहीकाे गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको उक्त कार्यालयले जनाएकाे छ ।