ब्लाष्टखबर । आगामी महिनाबाट इजरायलले नेपालबाट केयर गिभर लैजाने प्रक्रिया शुरु गर्ने भएको छ । गत असोज  इजरायलकालागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच भएकाे श्रम सम्झौता अनुरूप आगामी महिनाबाट केयर गिभर लैजाने प्रक्रिया शुरु गर्ने  नेपालका लागि इजरायली राजदूत हनान गोडरले जनाएका छन् ।

असोज १४ गते भएकाे श्रम सम्झैतामा नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लगायतमा नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् । यसरी गएकाे श्रमिकहरूले  इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षण पाउने बताइएकाे छ ।

 सम्झौतालाई कार्यान्वयन गर्दै आगामी महिनादेखि कामदार छनोटको प्रक्रिया शुरु गरिने बताउँदै राजदूत गोडरले सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु लगिने उल्लेख गरेका छन् ।