ब्लाष्टखबर । भारतबाट भन्सार छली गरेर ल्याएको ८० केजी माछा प्रहरीले बरामद गरेको छ ।

भारतको जागवनीबाट भन्सार छलि गरी ल्याएको अन्दाजी २४ हजार रुपैयाँको ८० केजी बराबारको माहुर जातका माछा विराटनगर महानगरपालिका १० बखरी बगैचाबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार सुनसरी स्थित बर्जु गाउँपालिका ३ का २६ वर्षीय दिपक राम र १८ वर्षीय रोहित कुमार रामले २ वटा सिल्भरको भाडोमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेकको हो ।

बरामद माछा स्थानीय तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक, सुवेदार मेजर लगायतकाे रोहवरमा नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ ।