ब्लाष्टखबर । भारतबाट भन्सार छली गरी नेपाल ल्याइएको तरकारीजन्य सामान मोरङको धनपालथान गाउँपालिकाबाट बरामद गरिएको छ ।

गाउँपालिकाको ३ नयाँ टोलका सिताराम सिहंको घर छेउमा रहेको टहरामा लुकाएर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले २१ बोरा आलु, ७ बोरा प्याज र ३ बोरा लसुन बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।

भारतबाट अवैध रुपमा भन्सार छलि गरी ल्याइएको अन्दाजी एक लाख पैतालिस हजार मुल्य बराबरको उक्त सामनलाई आवश्यक कारवाहिकालागी मुल भन्सार कार्यालय रानी बुझाउने कार्य भइरहको कार्यालयले जनाएको छ ।