ब्लाष्टखबर । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा नकुटाको साँगुरीगढी गाउँपालिका –८ का ७२ बर्षीय पुरुष र बरहक्षेत्र नगरपालिका–३ की ४४ बर्षीया महिला रहेकाे प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन् ।

उच्च ज्वरोका कारण हिजाे प्रतिष्ठानको इमेरजेन्सीमा भर्ना भएका  ७२ बर्षीय पुरुषकाे पीसीआर  परिक्षण गर्दा आज काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनकाे आज बिहान १०ः३० बजे मृत्यु भएकाे प्रतिष्ठानले जनाएकाे छ । 

त्यस्तै, मृगैला पिडित ४४ बर्षीया महिलामा आज काेराेना संक्रमण पुष्टि भइ आजै  काेभिड अस्पतालमा भर्ना भएकी थिइन् । अनकाे पनि आजै बिहान ९ः१५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएकाे छ ।