भद्रपुर । कोरोना सङ्क्रमणबाट झापा मेचीनगरकी एक महिलाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका वडा नं ७ की ३४ वर्षिया बिना सेन्चुरीको गएराति १२ बजेर २० मिनेटमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

उनलाई कात्तिक १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाका सामाजिक विकास शाखाका नवीन बरालले बताए । योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।