उर्लाबारी । कोरोना संक्रमणका कारण बिहीबार मात्र उर्लाबारीमा तिन जनाको निधन सँगै नगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ८ पुगेको छ ।

नगरमा संन्त्रास छाएको छ दशैं जस्तै तिहार र छैठ् समेतको रनक आएको छैन । सामाजीक अगुवाहरुले रोकथामको लागि सरोकारवालासंग आवहान गरिए पनि ठोस निर्णय भएको छैन ।

यसरी होम आईसोलेसनमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुमा उर्लाबारी–७ का बर्ष ४९ पुरुष, वडा नं.–८ का ४९ बर्षीय पुरुष र वडा नं.–९ का ७४ बर्षीय पुरुषको निधन भएको उर्लाबारी नगर प्रमुख खड्ग फागोले बताएका छन ।

यस अघि नगरमा वडा नं.–२ मा एक महिला , वडा नं.–६ मा एक पुरुष र वडा नं.–७ मा एक महिला सहित ३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन ।